Health Encyclopedia
A B C D E F G H I J K L M N O P Q R S T U V W X Y Z A-Z Listings

तपाईंको गर्भावस्थाको 39 हप्ता: स्याहारसम्बन्धी निर्देशनहरू

Week 39 of Your Pregnancy: Care Instructions

../images/19b067c94477f65b4af71e307253944a.jpg

नवजात शिशुहरू तपाईंले चित्र वा चलचित्रहरूमा देखेको भन्दा फरक देखिन सक्छन्। बच्चा जन्मेपछि तिनीहरूको टाउको अनौठो आकार भएको देख्न सकिन्छ। र तिनिहरूको आँखा सुन्निएको र अनुहारमा रातो धब्बा हुन सक्छ।

../images/e6119f88d766a0e5761034e96b920238.jpg

तपाईंले स्तनपान गराए तापनि तपाईं अझै पनि गर्भवती हुन सक्नुहुन्छ। तपाईं गर्भवती हुन चाहनुहुन्न भने, गर्भनिरोधक प्रयोग गर्नुहोस्।

39 हप्ताको गर्भावस्थाका लागि सुझावहरू

स्तनपान गराउन तयार हुनुहोस्।

../images/d50c23b36169c4b70e817cc61d117641.jpg

  • स्वस्थकर खानाहरू खाइराख्नुहोस्।

  • तपाईंको चिकित्सकले सिफारिस गर्नुभयो भने स्तनपानको समयमा आफ्ना प्रसवपूर्व भिटामिनहरू लिनुहोस्।

  • कुनै पनि औषधि वा पूरक लिनुअघि आफ्नो चिकित्सकसँग कुरा गर्नुहोस्।

आफ्ना लागि सही गर्भनिरोधक छनोट गर्नुहोस्।

../images/a2caeed5935c82fc11efed3e9384f103.jpg

  • पाठेघरमा इन्ट्रायूटेरिन उपकरणहरू (IUDs) राखिन्छ। तपाईं अगाडिको योजना बनाउनुहुन्छ भने, IUD लाई बच्चा जन्माएपछि तुरुन्तै राख्न सकिन्छ। तिनीहरूले वर्षौँसम्म काम गर्छन्।

  • हर्मोनल इम्लान्टहरू हातको छालामुनि राखिन्छ। तिनीहरूले पनि वर्षौँसम्म काम गर्छन्।

  • Depo-Provera एक सुई हो। तपाईंले यो प्रत्येक 3 महिनामा लगाउनुहुन्छ।

  • गर्भनिरोधक चक्कीहरू प्रयोग गर्न सकिन्छ। तिनीहरू प्रत्येक दिन लिइन्छ।

  • ट्यूबल लिगेशन (तपाईंका ट्यूबहरू बाँध्ने) र भ्यासेक्टोमी शल्यक्रियाहरू हुन्। तिनीहरू स्थायी हुन्।

  • तपाईंले प्रत्येक पटक यौनक्रिया गर्दा डायाफ्राम, स्पर्मिसाइड र कन्डमको प्रयोग गर्नुपर्छ। तपाईंले यसअघि डायाफ्राम प्रयोग गर्नुभएको छ भने, तपाईंले यसलाई बच्चा जन्मेपछि रिफिट गर्नुपर्छ।

फलो-अप हेरचाह तपाईंको उपचार तथा सुरक्षाको मुख्य अंश हो। सबै नियुक्तिहरूमा जान तथा बनाउन निश्चित गर्नुहोस् अथवा यदि तपाईंलाई समस्याहरू भइरहेको छ भने आफ्नो डाक्टरलाई कल गर्नुहोस्। आफ्नो जाँचका परिणामहरू थाहा पाउनु तथा आफूले लिने औषधिहरूको सूची राख्नु पनि एक राम्रो विचार हो।

को रूपमा हाल: 2023 07 10

सामग्रीको रूपमा: 14.0

हेरविचार निर्देशनहरूलाई अनुमति अन्तर्गत अनुकूलित तपाईँको स्वास्थ्य हेरचाह गर्ने पेशेवर। यदि तपाईँसँग एक चिकित्सा अवस्था वा यस निर्देशनको बारेमा प्रश्नहरू छन् भने, सधैं आफ्नो स्वास्थ्य हेरचाह गर्ने पेशेवरलाई सोध्नुहोस्। Healthwise, Incorporated, ले तपाईँको यो जानकारीको प्रयोगको लागि कुनै पनि वारेन्टी वा दायित्वलाई अस्वीकार गर्दछ।

© 2006-2025 Healthwise, Incorporated.
Powered by Krames by WebMD Ignite
About StayWell | Terms of Use | Privacy Policy | Disclaimer